एपीएफलाई हराउँदै मच्छिन्द्र क्लब पोखरा गोल्डकपको क्वाटरफाइनलमा
माघ २३, २०८१ बुधबार
काठमाण्डाै - दक्षिण अफ्रिकामा भएको हिंसात्मक प्रदर्शनमा ज्यान गुमाउनेको सङ्ख्या ७२ पुगेको छ । पूर्व राष्ट्रपति ज्याकोब जुमा जेल चलान भएसँगै सुरु भएको हिंसात्मक प्रदर्शनमा ७२ जनाको ज्यान गएको बीबीसीले जनाएको छ। ज्याकोब जुमा निर्दोष रहेको भन्दै उहाँका समर्थकले रिहाइको माग गर्दै विरोध प्रदर्शन गर्दै आएका छन् ।
हिंसा भड्कदै गएपछि दक्षिण अफ्रिकामा लुटपाटका घटना समेत बढेका छन् । लुटपाट कायम रहेमा छिट्टै नै अत्यावश्यक सामग्रीको अभाव हुने त्यहाँका अधिकारीहरुले बताएका छन् । हिंसा नियन्त्रणका लागि सेना परिचालन गरिएको छ । तर, पनि हिंसात्मक प्रदर्शन रोकिएको छैन ।
प्रहरीले अहिलेसम्म १२ सय जनाभन्दा धेरै प्रदर्शनकारीलाई पक्राउ गरेको छ । गएको हप्ता जुमाले प्रहरी समक्ष आत्मसमर्पण गरेसँगै समर्थकले विरोध प्रदर्शन गरिरहेका छन् । जुमामाथि भ्रष्टाचारको आरोप लागेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।