बाढीले जर्मनी र बेल्जियमको जनजीवन प्रभावित : ७० जनाको ज्यान गयो, कयौँ बेपत्ता

 साउन १, २०७८ शुक्रबार ९:२३:० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - लगातारको वर्षापछि आएको बाढीले युरोपेली देश जर्मनी र बेल्जियमको जनजीवन प्रभावित भएको छ । बाढीमा परेर ७० जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा धेरैजसो जर्मनीका नागरिक छन् । बाढीमा परेर केही हराइरहेका छन्। सुरक्षाकर्मीले हेलिकप्टरमार्फत बाढी र डुबान प्रभावित क्षेत्रमा उद्धारकाे काम गरिरहेका बीबीसीले जनाएको छ ।

सयौँ नागरिकहरु उद्धारको पर्खाइमा घरको छतमा बसेका छन् । बाढीका कारण पश्चिम जर्मनीका विद्यालयहरु बन्द गरिएको छ भने कयौँ सडक खण्डमा पनि क्षति पुगेको छ । बाढी प्रभावित क्षेत्रमा आपत्कालीन अवस्था लागू गरिएको छ ।

पश्चिमी जर्मनीसँग जोडिएका अन्य देशमा पनि बाढीको असर परेको खबरमा उल्लेख छ। आज पनि जर्मनी, बेल्जियम, नेदरल्याण्ड्स लगायत युरोपका केही देशमा ठूलो पानी पर्ने चेतावनी दिइएको छ। पश्चिमी युरोपमा एक शताब्दीयताकै भीषण वर्षा भएको त्यहाँका मौसम विभागले जनाएका छन् ।

अन्तिम अपडेट: कात्तिक ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया