एमाले नेता नेपाल र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच कोटेश्वरमा छलफल

 साउन २, २०७८ शनिबार १९:२८:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आज नेपाल निवास कोटेश्वरमा छलफल भएको छ ।

पाँच दलीय गठबन्धन जोगाउने विषयमा दुई नेताबीच छलफल भएको अध्यक्ष प्रचण्डको सचिवालयले जनाएको छ । एमालेको विघटित कार्यदलका सदस्यबीच आज भएको छलफलपछि अध्यक्ष प्रचण्ड नेता नेपाललाई भेट्न कोटेश्वर पुग्नुभएको थियो ।

प्रधानमन्त्रीमा नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने व्यवस्था अनुसार शेरबहादुर देउवाले साउन २९ भित्र विश्वासको मत लिनुपर्नेछ । नेता नेपाल पक्षले विश्वासको मत नदिएमा प्रधानमन्त्री देउवालाई बहुमत नपुग्ने भएपछि उहाँलाई मनाउन गठबन्धनका नेताहरु सक्रिय भएका छन् ।

अन्तिम अपडेट: बैशाख २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया