पाकिस्तानमा विषाक्त धूवाँका कारण एकैदिन १५ हजार जनाभन्दा धेर...
कात्तिक २९, २०८१ बिहिबार
काठमाण्डाै - लगातारको वर्षाका कारण भारतको महाराष्ट्रमा जनजीवन अस्तव्यस्त भएको छ । वर्षासँगै महाराष्ट्रको विभिन्न ठाउँमा घर र पर्खाल भत्किँदा १५ जनाको ज्यान गएको छ । केही घाइते भएका छन् । उद्धारकर्ताहरू प्रभावित क्षेत्रमा उद्धारका लागि खटिएका भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
महाराष्ट्रका विभिन्न ठाउँ जलमग्न भएका छन् । स्थानीय रेल सेवा ठप्प भएको छ । अबको २४ घण्टामा थप ठूलो वर्षा हुने त्यहाँको मौसम विभागले चेतावनी दिएको छ । मुम्बईमा लगातार वर्षा भइरहेको छ । यसले गर्दा त्यहाँको यातायात सेवा नराम्ररी प्रभावित भएको खबरमा उल्लेख छ । यस्तै, भारतको दिल्ली, उत्तर प्रदेश र हिमाञ्चल प्रदेशमा पनि ठूलो वर्षाको सम्भावना रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।