विकास खर्च शत प्रतिशत पुर्‍याउन सचिवहरूलाई अर्थ मन्त्री शर्माको निर्देशन

 साउन ५, २०७८ मंगलबार १६:७:० | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – अर्थ मन्त्री जनार्दन शर्माले विकास खर्च शत प्रतिशत पुर्‍याउन सचिवहरूलाई निर्देशन दिनुभएको छ । अर्थ मन्त्रालय र अन्य विकासे मन्त्रालयका सचिवलाई बोलाएर अर्थ मन्त्री शर्माले हरेक वर्ष विकास बजेट खर्चको अवस्था दयनीय भएको र असारे विकासको क्रम नरोकिएको भन्दै असन्तुष्टिसमेत व्यक्त गर्नुभएको छ ।

काम गर्दै गर्दा आइपरेका जस्तासुकै समस्या समाधानका लागि पनि आफूले साथ र सहयोग गर्ने तर खर्च नहुने अवस्था अन्त्य हुनैपर्ने अर्थ मन्त्री शर्माको भनाइ छ ।

सचिवहरूले प्राकृतिक विपत्ति, विकास आयोजनामा दक्ष जनशक्तिको अभाव, अध्ययनविना आयोजनामा रकम विनियोजन हुनु, ठेक्का आह्वानमा समस्या, वातावरणीय प्रभाव मूल्याङ्कन, जग्गा अधिग्रहणमा समस्या लगायतका कारण लक्ष्यअनुसारको खर्च गर्न नसकिएको बताएका छन् । 

सचिवहरूका कुरा सुनेपछि अर्थ मन्त्री जनार्दन शर्माले विकास बजेट खर्च गर्न भइरहेका समस्या र समाधानका उपाय पेस गर्न निर्देशन दिँदै नयाँ सोच र जोसका साथ काममा लाग्न सुझाव दिनुभएको छ ।   

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया