आन्दोलन छोडेर वार्तामा आउन किसानलाई भारत सरकारको आग्रह

 साउन ८, २०७८ शुक्रबार ९:१८:७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ - भारतमा आन्दोलनरत किसानसँग फेरि वार्ता गर्न सरकार तयार भएको छ । कृषि मन्त्री नरेन्द्र तोमरले आफूहरु किसानसँग फेरि वार्ताका लागि तयार रहेको बताउनु भएको हो ।

उहाँले विवादमा तानिएको कृषि कानुनमा कुनै हानी पुर्याउने प्रावधान भए त्यसलाई समाधान गर्न पनि तयार रहेको बताएका भारतीय सञ्चारमाध्यमले जनाएका छन् । तर, उहाँले  यो कानुनले किसानकै फाइदालाई समेटेको दाबी भने गर्नु भएको छ । 

उहाँले आन्दोलन छोडेर वार्तामा आउन पनि किसानलाई आग्रह गर्नुभएको छ । ६ महिना अगाडि सरकार र किसानबीच भइरहेको वार्ता रोकिएको थियो । त्यसयता कुनै पनि वार्ता हुन सकेको छैन । भारतमा हिजो किसानले संसद भवन बाहिर विरोध प्रदर्शन गरेका थिए ।

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया