अमेरिकाको वाशिङ्टन डीसीमा गोली चल्यो

 साउन ८, २०७८ शुक्रबार १२:२२:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - अमेरिकाको वाशिङ्टन डीसीमा गोलाबारी भएको छ । राष्ट्रपति कार्यालय ह्वाइट हाउसभन्दा डेढ किलोमिटरको दूरीमा गोली चलेको बीबीसीले जनाएको छ ।

बन्दुकधारी गोली चलाएर भागेका प्रत्यक्षदर्शीले बताएका छन् । गोली लागेर दुई जनाको ज्यान गएको छ । प्रहरीका अनुसार ज्यान गुमाउने दुई जनामध्ये एक जना लक्षित व्यक्ति थिए । एउटा रेष्टुरेन्टबाहिर बन्दुकधारीले गोली चलाएका हुन् । अमेरिकामा पटक-पटक यस्ता घटना हुने गरेका छन् । त्यहाँ बन्दुक आक्रमणका घटना हरेक वर्ष बढ्दै गएको छ ।

सन् २०१८ पछि हरेक वर्ष बन्दुक आक्रमणका घटना बढेको खबरमा उल्लेख छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले यस्ता हिंसात्मक घटना रोक्न प्रयास थाल्ने प्रतिबद्धता जनाउनु भएको छ ।

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया