काठमाण्डौमा अझै १० दिन सभा/जुलुस लगायत भीडभाड हुने गतिविधि गर्न नपाइने

 साउन ११, २०७८ सोमबार ७:४७:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ - काठमाण्डौ उपत्यकामा अझै १० दिनसम्म सभा/जुलुस, जात्रा महोत्सव, भोज भतेर लगायत भीडभाड हुने गतिविधि गर्न नपाइने भएको छ ।

काठमाण्डौ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले आउँदो २० गतेसम्म निषेधाज्ञा थप गर्दै सबै प्रकारका सभा, सम्मेलन, पार्टी प्यालेस, सिनेमा हल, डान्सबार, नाचघर, स्वीमिङ पुल, मनोरञ्जनस्थल, सङ्ग्रहालय, रङ्गशालामा हुने दर्शकसहितको खेलकुद तथा मानिसको भीडभाड हुने अन्य कार्यक्रम गर्न नपाउने निर्णय गरेको हो ।

यस्तै खुला ठाउँमा भेला हुन, नित्य पूजा बाहेकका धार्मिक एवं सांस्कृतिक कार्यक्रम, भौतिक उपस्थितिमा हुने पठनपाठनका कार्यक्रमसमेत गर्न पाइने छैन । 

तोकिएको परीक्षा सञ्चालन गर्दा भने एक कोठामा २५ जनासम्म राख्न पाइने छ, तर स्वास्थ्यका सबै मापदण्ड पूर्ण पालना गर्नुपर्ने हुन्छ । गोष्ठी, तालिम, सेमिनार बैठक, प्रशिक्षण जस्ता कार्यक्रम सञ्चालन गर्दा भर्चुअलको माध्यमलाई उपयोग गर्नुपर्ने र यदि उपस्थित नै हुनुपर्ने कार्यक्रममा २५ जनाभन्दा बढी सहभागी गराउन नपाइने यसअघिको व्यवस्थालाई कायमै राखिएको छ । 

औषधि तथा स्वास्थ्यसम्बन्धी पसल जुनसुकै बेला खोल्न सकिने छ तर अरु पसल भने बेलुकी सात बजेसम्म मात्रै खोल्न पाइने छ । व्यवसाय सञ्चालन गर्दा स्वास्थ्य मापदण्ड पालना गर्न प्रशासनले आग्रह गरेको छ । यस्तै स्वास्थ्य मापदण्ड पालनासहित सिट क्षमता अनुसारको यात्रु राखेर गाडी चलाउन पाइने आदेशमा उल्लेख छ । 

अन्तिम अपडेट: जेठ ३२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया