भारतकाे असम र मिजोरम राज्यको सीमामा झडप, ६ जना प्रहरी जवानको ज्यान गयो

 साउन १२, २०७८ मंगलबार ८:४४:६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - भारतका असम र मिजोरम राज्यको सीमामा झडप हुँदा ६ जना प्रहरी जवानको ज्यान गएको छ । असमका मुख्यमन्त्री हिमन्त विश्व शर्माले आफ्नो राज्यका ६ जना प्रहरी जवानले सिमानामा भएको झडपमा ज्यान गुमाएको पुष्टि गर्नुभएको छ ।

सामाजिक सञ्जाल ट्वीटरमार्फत उहाँले ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली र परिवारमा समवेदना प्रकट गर्नुभएको छ । साथै घटनाले ठूलो चोट पुर्याएको उल्लेख गर्नुभएको छ । हिजो असम र मिजोरमको सीमा क्षेत्रमा सुरक्षा फौज र नागरिकबीच झडप भएको बीबीसी हिन्दीले जनाएको छ ।

दुई राज्यबीच लामाे समयदेखि सीमा विवाद रहेकाे छ । ६ जना प्रहरी जवानको ज्यान गएलगत्तै केन्द्र सरकारका गृहमन्त्री अमित साहले दुवै राज्यका मुख्यमन्त्रीलाई शान्ति स्थापनाको सुनिश्चित गर्न आग्रह गर्नुभएको छ। 

 

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया