अमेरिकाले इराक मिसनबाट आफ्ना सैनिक फिर्ता बोलाउने

 साउन १२, २०७८ मंगलबार १४:७:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - अमेरिकी राष्ट्रपति जो बाइडेनले यस वर्षको अन्त्यसम्ममा अमेरिकी लडाकु सैनिकहरूलाई इराकबाट फिर्ता बोलाउने बताउनुभएको छ । 

अमेरिकाकाे भ्रमणमा रहेका इराकका प्रधानमन्त्री मुस्ताफा अल–खादिमीसँग ह्वाइटहाउसमा भएको भेटवार्तामा बाइडेनले अमेरिकी सैनिक फिर्ता बोलाउनेबारे जानकारी गराउनु भएको बीबीसी हिन्दीमा उल्लेख छ । तर, उहाँले थोरै सङ्ख्यामा अमेरिकी सेना इराकमा रही त्यहाँका सैनिकलाई तालिम दिने व्यवस्था मिलाउने बताउनु भएको छ । 

बाइडेनको यस घोषणाको इराकका प्रधानमन्त्री मुस्ताफाले स्वागत गर्नुभएको छ । मुस्ताफाले अमेरिकी सेनाले परिचालन नभइ इराकी सेनालाई सुरक्षा सामग्री र तालिम दिने लगायतका विषयमा मात्रै सहयोग दिँदा राम्रो हुने बताउनु भएको छ । 

अहिले इराकमा करिब २५ सय बढी अमेरिकी सैनिक रहेका छन् । अमेरिकी सैनिकले  इस्लामिक स्टेट नामको आतङ्ककारी समूहविरुद्ध लड्न इराकी सेनालाई मद्दत गर्दै आएका छन् । 

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया