असोजभित्र खोप लगाइसक्ने गरी प्रक्रिया अघि बढाऔँ, बजेटको कमी हुँदैन : मन्त्री शर्मा

 साउन १३, २०७८ बुधबार २०:४:८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – अर्थ मन्त्री जनार्दन शर्माले कोरोना खोप तालिका संशोधन गरी आउँदो असोजभित्र खोप लगाइसक्ने गरी प्रक्रिया अघि बढाउन आग्रह गर्नुभएको छ । 

बुधवार स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठसँग अर्थ मन्त्रालयमा छलफल गर्ने क्रममा उहाँले फागुनसम्म खोप आपूर्ति गर्ने तालिका संशोधन गरेर तत्काल खोप खरिद गर्न आग्रह गर्नुभयो । खोप खरिदका लागि बजेटको कुनै कमी हुन नदिने भन्दै मन्त्री शर्माले जुन–जुन देशबाट खोप लिन सकिन्छ, अहोरात्र वार्ता गरी खोप भित्र्याउन भन्नुभयो । 

असोजभित्र खोप दिन सकिएन भने देशको अर्थतन्त्रसमेत धरापमा पर्न सक्ने भन्दै उहाँले खोप खरिदका लागि बजेटको कमी हुन नदिने बताउनुभयो । देशको अर्थतन्त्र नागरिकको प्राणसँग जोडिएकाले विकास निर्माणका लागि विनियोजन गरिएको बजेटसमेत रकमान्तर गरेरै भए पनि खोप खरिदमा लगाइने प्रतिबद्धता व्यक्त गर्नुभयो । मन्त्री शर्माले प्राप्त भएका खोपसमेत लक्षित समुदायलाई दिने कार्यमा ढिलाइ भएकोमा असन्तुष्टि व्यक्त गर्नुभयो । 

छलफलमा स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले खोप खरिदका लागि व्यवस्था मिलाइएको र आवश्यक परे आपूर्ति तालिका संशोधन गरेर तीव्रता दिइने प्रतिक्रिया दिनुभयो । उहाँले सम्भव भएसम्म चाँडो खोप खरिद गर्ने काममा कुनै ढिलाइ नहुने बताउनुभयो । प्राप्त भएका खोप लगाउनका लागि कार्ययोजना बनाइएको र अब योजनाबद्ध रूपले खोप कार्यक्रमले गति लिने विश्वास राज्यमन्त्री श्रेष्ठले दिलाउनुभयो । 

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया