आरटीसी भुटानलाई ७ गोलले हराउँदै चर्च ब्वाइज बुढासुब्बा गोल्डक...
माघ २३, २०८१ बुधबार
काठमाण्डाै - आज दिउँसाेपछि देशभर नै पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । प्रदेश-१, प्रदेश-२, वाग्मती, लुम्बिनी, कर्णाली, र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा ठूलो वर्षाको सम्भावना छ ।
अहिले गण्डकी र कर्णाली प्रदेशका केही ठाउँमा पानी परिरहेको मौसमविद् निराजन सापकोटाले जानकारी दिनुभयो । यस्तै राति पनि प्रदेश-१, प्रदेश-२, वाग्मती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा ठूलो वर्षाको सम्भावना छ । यी प्रदेशमा भोलि पनि ठूलो पानी पर्ने अनुमान गरिएको छ ।
मौसमविद्ले प्रदेश-१, प्रदेश-२, वाग्मती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा बाढी पहिरोको जोखिम रहेकाले सावधानी अपनाउन आग्रह गरेका छन् । यसपालि सरदरभन्दा धेरै वर्षा भएको छ । यसले बाढी पहिरोको जोखिम पनि बढाएको छ ।
अहिले मनसुनी न्यूनचापीय रेखा नेपालको पश्चिमी तराईको नजिक रहेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।