आरटीसी भुटानलाई ७ गोलले हराउँदै चर्च ब्वाइज बुढासुब्बा गोल्डक...
माघ २३, २०८१ बुधबार
काठमाण्डाै - प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भएको छ । बिहान बालुवाटारमा भएको छलफलमा मन्त्रिपरिषद्लाई पूर्णता दिनेबारे कुराकानी भएको छ ।
आज या भोलिसम्ममा मन्त्रिपरिषद्लाई पूर्णता दिनेबारे छलफल भए पनि मन्त्रीको टुङ्गो लगाउन भने बाँकी छ । हिजो बसेको सत्तारुढ गठबन्धनको बैठकले छिट्टै मन्त्रिपरिषद्लाई पूर्णता दिने निर्णय गरेको थियो ।
मन्त्री बन्ने व्यक्तिको टुङ्गो नलाग्दा प्रधानमन्त्रीमा नियुक्त भएको दुई हप्ता बित्दासमेत देउवाले मन्त्रिपरिषद् विस्तार गर्न सक्नुभएको छैन । प्रधानमन्त्री देउवालाई पार्टीभित्रको आन्तरिक कारण र सत्ता साझेदार दलहरूको विभिन्न कारणले मन्त्रिमण्डललाई पूर्णता दिन सकस परेको उहाँ निकटका नेताले बताएका छन् ।
कांग्रेसभित्र वरिष्ठ नेता रामचन्द्र पौडेल तथा कृष्णप्रसाद सिटौला समूहलाई समेट्ने विषयमा पनि समझदारी हुन सकेको छैन । मुख्य सत्तासाझेदार दल नेकपा माओवादी केन्द्रले पनि सरकारमा जाने मन्त्रीको टुङ्गो लगाउन सकेको छैन ।
जनता समाजवादी पार्टी (जसपा)ले सरकारमा जानेको नाम टुङ्ग्याउन तीन शीर्ष नेतालाई जिम्मा दिएको छ । एमालेको माधवकुमार नेपाल पक्षले भने तत्काल सरकारमा सहभागी नहुने बताइसकेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।