'यूएसएआईडी' ले आफ्ना कर्मचारीलाई अमेरिका फिर्ता बोलायो
माघ २३, २०८१ बुधबार
काठमाण्डाै – नेपालमा पछिल्लो २४ घण्टामा तीन हजार तीन सय ६५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । नौ हजार पाँच सय ५५ जनाको पीसीआर र चार हजार ६ सय ८७ जनाको एन्टिजेन गरी १४ हजार दुई सय ४२ जनाको नमुना परीक्षण गर्दा तीन हजार तीन सय ६५ जनामा सङ्क्रमण देखिएको हो ।
यो कुल परीक्षणको २३ दशमलव ६२ प्रतिशत हो । याेसँगै नेपालमा काेराेना सङ्क्रमण पुष्टि हुनेकाे सङ्ख्या सात लाख ५० हजार २२ पुगेकाे छ ।
यस्तै थप एक हजार तीन सय ७३ जना निको भएसँगै काेराेना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ६ लाख ५० हजार चार सय ४५ पुगेको छ ।
यही अवधिमा थप १६ जनाको ज्यान गएसँगै नेपालमा कोरोनाको सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या नौ हजार आठ सय सात पुगेको छ ।
नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या फेरि ३० हजार नाघेको छ । सङ्क्रमित थपिने क्रम बढेको र निको हुनेहरू कम हुँदा सक्रिय सङ्क्रमितको सङ्ख्या अहिले ३० हजार तीन सय ९० पुगेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।