जसपाले भदाै १ देखि मङ्सिर २९ सम्म सङ्गठन सुदृढीकरण तथा जागरण अभियान चलाउने

 साउन १४, २०७८ बिहीबार १९:१८:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सत्ता साझेदार जनता समाजवादी पार्टी (जसपा) काे बैठकले सङ्गठन सुदृढीकरण तथा जागरण अभियान २०७८ को कार्ययोजना पारित गरेको छ । 

बुधवार पार्टी कार्यालय तुलसीलाल अमात्य स्मृति भवनमा बसेको जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठकले सङ्गठन सुदृढीकरण तथा जागरण अभियान २०७८ को कार्ययोजना पारित गरेको हो । बैठकपछि पार्टी प्रवक्ता डम्बर खतिवडाले यो अभियान भदाै १ गतेदेखि मङ्सिर २९ मसान्तसम्म चल्ने बताउनुभयो । उहाँले यो अवधिमा पार्टीको समायोजन, प्रशिक्षण, सङ्गठन र जनजागरणसम्बन्धी काम गर्ने र पार्टीलाई दुरुस्त बनाउने अभियानमा लाग्ने बताउनुभयो ।

प्रवक्ता खतिवडाले भन्नुभयो, ‘सङ्गठन सुदृढीकरण तथा जागरण अभियान २०७८ र यसको कार्ययोजना पारित गरिएको छ, यो अभियान भदाै १ गतेदेखि मङ्सिर मसान्तसम्म चार महिना चल्नेछ र यो अवधिमा जनता समाजवादी पार्टीको समायोजन, प्रशिक्षण, सङ्गठन र जनजागरणसम्बन्धी मुख्य चार वटा काम हामी यो अवधिमा गर्नेछौँ र यो बीचमा पार्टीको टुटेको कडी जोड्ने र फेरि पार्टीलाई दुरुस्त बनाउने काम हुनेछ ।’

बैठकले पार्टीभित्र आउन सक्ने समस्या, अनुशाससम्बन्धी घटनाको छानबिन गर्न पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ ।  समितिको संयोजकमा नवराज सुवेदी र सदस्यहरूमा प्रकाश अधिकारी, गोविन्द चौधरी, दुर्गा सोब र सुशीला श्रेष्ठलाई चयन गरिएको समेत उहाँले बताउनुभयो ।  

बैठकले पार्टीको अनुशासन आयोगको प्रमुखमा कपिलवस्तु जिल्लाका पार्टी केन्द्रीय समितिका सदस्य नरसिंह चौधरीलाई नियुक्ति गरिएको प्रवक्ता खतिवडाले बताउनुभयो । 

अन्तिम अपडेट: माघ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया