मदन पुरस्कार २०७७ का लागि नाै वटा पुस्तक प्रारम्भिक सूचीमा

 साउन १५, २०७८ शुक्रबार १६:१८:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – मदन पुरस्कार २०७७ का लागि नाै वटा पुस्तक प्रारम्भिक सूचीमा परेका छन् । मदन पुरस्कार गुठीले आज शुक्रवार पुस्तकको सूची सार्वजनिक गरेको हो । 

गुठीलाई प्राप्त दुई सय २२ पुस्तकमध्ये छनोट समितिले गुठीलाई नाै पुस्तकको नाम उपलब्ध गराएको हो । जसमा गिरि श्रीस मगरको एकलव्यको देब्रे हात, कृष्ण अविरलको करिया, कुमार नगरकोटीको कल्प–ग्रन्थ, भैरवबहादुर थापाको नृत्याक्षर विज्ञान, प्रभा बरालको फिलिङ्गो, लेखनाथ क्षेत्रीको फुलाङगे, केशव दाहालको मोक्षभूमि, जेसन कुँवरको रमिते र भगिराज इङ्नामको लिम्बुवानको ऐतिहासिक दस्तावेज सङ्ग्रह रहेका छन् । 

छनोटमा परेका यी पुस्तकमध्ये एकलाई सर्वश्रेष्ठ पुस्तकका रूपमा २०७७ को मदन पुरस्कार वितरण गरिने गुठीका अध्यक्ष कुन्द दीक्षितले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया