बढ्दै सङ्क्रमण, २४ घण्टामा ३ हजार ६ सय ११ जनामा काेराेना पुष्टि

 साउन १५, २०७८ शुक्रबार १७:४:३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – पछिल्लो २४ घण्टामा तीन हजार ६ सय ११ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । नौ हजार सात सय ८३ जनाको पीसीआर र चार हजार आठ सय ७८ जनाको एन्टिजेन गरी १४ हजार ६ सय ६१ जनाको नमुना परीक्षण गर्दा तीन हजार ६ सय ११ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

यो कुल परिक्षणको झन्डै २५ प्रतिशत हो । आज थपिएकासहित नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या सात लाख ५३ हजार ६ सय ३३ जना पुगेको छ । 

यस्तै पछिल्लो २४ घण्टामा एक हजार आठ सय १६ जना सङ्क्रमणमुक्त भएसँगै निको हुनेको सङ्ख्या ६ लाख ५२ हजार दुई सय ६१ पुगेको छ । 

यही अवधिमा थप २७ जनाले कोरोना सङ्क्रमणका कारण ज्यान गुमाएका छन् । योसहित कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या नौ हजार आठ सय ३४ जना पुगेको छ । 

अहिले नेपालमा ३१ हजार १४ जना कोरोनाका सक्रिय सङ्क्रमित रहेका छन् ।  

अन्तिम अपडेट: कात्तिक १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया