गणतन्त्र आइसक्दा पनि साझा विदेश नीति बनाउन नसक्नु विडम्बना हाे : प्रदीप गिरी

 साउन १५, २०७८ शुक्रबार १७:५३:३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै –  सत्तारुढ दल नेपाली कांग्रेसका सांसद प्रदीप गिरीले साझा विदेश नीति बनाउनुपर्नेमा जाेड दिनुभएकाे छ । आज शुक्रवार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद गिरीले यस्ताे बताउनुभएकाे छ । 

उहाँले मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसीसी) तर्फ सङ्केत गर्दै भन्नुभयो, ‘भारत, चीन, अमेरिकाप्रति पहिले हाम्री साझा दृष्टिकोण बनाउँ अनि कुन सम्झौता खारेज गर्ने, कुन राख्ने कुन नराख्ने भन्ने हुन्छ ।’ गणतन्त्र आइसक्दा पनि साझा विदेश नीति बनाउन नसक्नु विडम्बना भएको उहाँको भनाइ थियो । 

उहाँले विगतको एक दशक कसरी बित्यो भन्ने कुरा नभुल्न र सर्वाेच्चको फैसलामा रमाउने काम नगर्न पनि नेताहरूलाई सुझाव दिनुभयो । कोभिड नियन्त्रणमा स्थानीय सरकारको भूमिका महत्वपूर्ण रहेकाले अझै थप शक्तिशाली बनाउन उहाँले आग्रह गर्नुभयो ।

यस्तै विभिन्न देशसँग भइरहेका सन्धि र सम्झौतामा नेपालमा एकअर्कालाई तल देखाएर मुखको तितो पोख्ने काम भइरहेको गिरीको भनाइ थियो । 

नागरिकलाई कोभिडविरुद्धको खोप लगाउन ध्यानाकर्षण गराउँदै मनसुनजन्य विपद्लगायत नागरिकले दैनिक भोग्नुपरेका समस्या समाधानमा प्राथमिकता दिन सरकारसँग आग्रह गर्नुभयो । उहाँले सत्ताधारी पङ्क्तिबाट आइरहेको निराशातर्फ प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण पनि गराउनुभयो ।   

अन्तिम अपडेट: माघ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया