कर्णालीमा जीप खस्दा दम्पती बेपत्ता

 साउन १५, २०७८ शुक्रबार २०:२६:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतिकात्मक तस्बिर

डोटी – आज शुक्रवार दिउँसो कर्णाली नदीमा नम्बर नखुलेको एक जीप खस्दा दम्पती बेपत्ता भएका छन् । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका अनुसार बेपत्ता हुनेमा डोटीको आदर्श गाउँपालिका काडीस्याउले बस्ने जीप चालक चन्द्रप्रकाश जोशी र उहाँकी श्रीमती रुपी जोशी रहेका छन् ।

नेपालगञ्जबाट चिसापानी क्षेत्र घुम्न जाने क्रममा उनीहरू सवार जीप कर्णाली नदीमा खसेको हो ।  यसैगरी जीप खस्दा डोटीकी लक्ष्मी जोशी, भुवन जोशी र सावित्री जोशी गम्भीर घाइते भएका प्रहरीले जनाएको छ । 

नदीमा बेपत्ता दम्पतीको खोजी भइरहेको प्रहरीले जनाएको छ । 

अन्तिम अपडेट: भदौ ४, २०७८

तपाईको प्रतिक्रिया