आरटीसी भुटानलाई ७ गोलले हराउँदै चर्च ब्वाइज बुढासुब्बा गोल्डक...
माघ २३, २०८१ बुधबार
काठमाण्डाै - केही दिनदेखि बिहान र दिउँसो गर्मी बढ्ने तथा राति ठूलो पानी पर्ने गरेको छ । जलवाष्पयुक्त हावाको कारण यस्तो हुने गरेको मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिनुभयो ।
उहाँका अनुसार दिउँसो तातेको हावा बेलुकीपछि बिस्तारै चिसो हुँदै जाने र बाफ बन्ने गर्छ । त्यही बाफ पानीका रुपमा परिणत भएर वर्षा हुने गरेको उहाँले बताउनुभयो । कहिलेकाहीँ रातिको समयमा पानी पार्ने कुनै प्रणाली भित्रने र बिहान बाहिरिने भएकाले बिहान र दिउँसो मौसम सफा हुने र राति एक्कासी पानी पर्ने गर्छ ।
यो स्वाभाविक प्रक्रिया भएको उहाँको भनाइ छ । तर अहिले नेपालमा बिहानीपख बाहिरिने र बेलुकातिर भित्रने प्रणाली नभए पनि भारतको बिहारमा बनेको न्यूनचापीय रेखाको प्रभावका कारण दिउँसो पनि देशका विभिन्न ठाउँमा पानी पर्ने सम्भावना छ । आज दिउँसो विशेषगरी वाग्मती, गण्डकी, लुम्बिनी प्रदेश र प्रदेश-१ का विभिन्न ठाउँमा भारी वर्षाको सम्भावना रहेकाे छ ।
बाँकी ठाउँको मौसम सामान्य बद्ली रहनेछ । राति पनि वाग्मती, प्रदेश-१, गण्डकी र लुम्बिनी प्रदेशसँगै देशका धेरैजसो ठाउँमा सामान्यदेखि मध्यम खालको पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।