एमाले स्थायी कमिटी बैठक बस्दै, केन्द्रीय विभागको पूर्णता र महाधिवेशनको तयारी मुख्य एजेण्डा

 साउन १६, २०७८ शनिबार १०:२८:५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दैछ । ललितपुरको तुलसीलाल स्मृति प्रतिष्ठानमा दिउँसो ३ बजे बैठक बस्न लागेको हो ।

एमालेका कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार बैठकमा केन्द्रीय विभाग पूर्णता, विधान महाधिवेशनको तयारी र पार्टी सदस्यता नवीकरण र वितरणका विषयमा छलफल हुनेछ । नेता माधव नेपाल समूहसँग सहमतिका लागि लामो समयदेखि बैठक बस्न सकेको छैन ।

आजको बैठकमा पार्टीभित्रको विवाद र एकता प्रयासका लागि भइरहेको पहलका विषयमा पनि छलफल हुनेछ । एमालेले यही साउन २५ देखि २७ गतेसम्म विधान महाधिवेशन गर्ने निर्णय गरेको छ। यस्तै भदौ १५ गतेभित्र सबै पालिकामा अधिवेशन गर्ने यसअघि नै निर्णय गरिसकेको छ ।      

अन्तिम अपडेट: माघ २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया