आरटीसी भुटानलाई ७ गोलले हराउँदै चर्च ब्वाइज बुढासुब्बा गोल्डक...
माघ २३, २०८१ बुधबार
काठमाण्डाै – गएको वसन्त ऋतुमा ४४ देशका चार सय ५९ जनाले सगरमाथा आरोहण गरेका छन् । शिखरमा पुग्ने आरोहीमध्ये सबैभन्दा धेरै नेपालका दुई सय ८३ जना रहेका पर्यटन विभागकी निर्देशक मीरा आचार्यले जानकारी दिनुभयो ।
यस्तै अमेरिकाका ३२ जना, चीनका २४ जना, भारतका २० जना, बेलायतका १३ जना र बहराइनका १० जना शिखरमा पुगेका छन् । हिमाल आरोहणको मुख्य सिजन मानिने वैशाख र जेठ महिनामा आरोहीहरू शिखरमा पुगेका हुन् ।
सगरमाथाको उचाइ ८६ सेन्टिमिटर बढेर आठ हजार आठ सय ४८ मिटर ८६ सेन्टिमिटर कायम भएपछि वसन्त ऋतुमा पहिलो पटक आरोहण भएको हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।