तेलको ट्याङ्करमा भएको आक्रमणमा इरानको संलग्नता रहेको बेलायत र अमेरिकाको आरोप

 साउन १८, २०७८ सोमबार १०:१६:४० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - दुई जनाको ज्यान जाने गरेर तेलको ट्याङ्करमा भएको आक्रमणमा इरानको संलग्नता रहेको अमेरिका र बेलायतले आरोप लगाएका छन् । 

यसअघि इजरायलले पनि इरानमाथि यस्तो आरोप लगाएको थियो । बेलायतका विदेश मन्त्री डोमिनिक राबले इरानले एक वा त्यो भन्दा बढी ड्रोनको प्रयोग गरी ट्याङ्करमाथि आक्रमण गरेको हुन सक्ने बताएका बीबीसीले जनाएको छ । 

इरानले अन्तर्राष्ट्रिय कानुनको स्पष्ट उल्लङ्घन गरेको पनि उहाँले बताउनु भएको छ । यस्तै अमेरिकी विदेश मन्त्री एन्थोनी ब्लिङ्केनले पनि आक्रमणमा इरानको संलग्नता रहेकाेमा आफूहरु विश्वस्त रहेको बताउनु भएको छ । 

उहाँले घटनाको उपयुक्त जवाफ दिइने पनि बताउनु भएको छ । गएको बिहीवार ओमानी तटमा इजरायलको स्वामित्व रहेको कम्पनीले सञ्चालन गरेको तेल बोक्ने पानी जहाजमा आक्रमण हुँदा चालक दलका एक बेलायती र एक रोमानियाका नागरिकको ज्यान गएको थियो । 
 

अन्तिम अपडेट: भदौ २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया