अमेरिकी सेना फिर्ता हुन थालेसँगै अफगानिस्तानकाे सुरक्षा अवस्था बिग्रियाे : राष्ट्रपति घानी

 साउन १९, २०७८ मंगलबार ६:५९:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - अमेरिकी सेना फिर्ता हुन थालेसँगै अफगानिस्तानमा हिंसाका घटना बढ्दै गएका छन् । तालिबानले आफ्ना हिंसात्मक घटना र आक्रमणलाई बढाउँदै लगेको छ । पछिल्लो पटक लस्कर गाहसहित केही सहरमा तालिबान समूहले आक्रमण गरेको थियो । तर सरकारी सेनाले आक्रमणलाई विफल पारेको दाबी गरेको छ ।

सुरक्षा अवस्था सुधार गर्न अफगान सरकारले ६ महिने सुरक्षा योजना सुरुवात गर्ने घोषणा गरेको छ । अमेरिकी सेना अचानक फिर्ता भएपछि सुरक्षा अवस्था बिग्रेको भन्दै अफगानिस्तानका राष्ट्रपति असरफ घानीले चिन्ता व्यक्त गर्नुभएको छ ।

अमेरिकी नेतृत्वको उत्तर एटलान्टिक सैनिक सङ्गगठन नेटोलाई फिर्ता लिने आकस्मिक निर्णय गरेको घानीले बताउनुभएको समाचार संस्था एएनआईले जनाएको छ । उहाँले वासिङ्टनलाई यो निकासले गलत परिणाम ल्याउने समेत टिप्पणी गर्नुभएको छ ।

राष्ट्रपति घानीले अफगानिस्तानले अस्तित्वको परीक्षणको सामना गरिरहेको अवस्थामा सफलता हासिल गर्न सबै एकजुट हुनुपर्नेमा जोड दिनुभएको छ ।

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया