खोप लगाएका र ‘भ्यालिड रेसिडेन्सी भिसा’ भएकाहरु अगस्ट ५ देखि यूएई जान पाउने

 साउन १९, २०७८ मंगलबार १७:१३:० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – यूएईको ‘भ्यालिड रेसिडेन्सी भिसा’ भएका नेपालसहित ६ देशका नागरिकहरू आउँदो २१ गतेदेखि यूएई प्रवेश गर्न पाउने भएका छन् । 

खोप लगाएका भ्यालिड रेसिडेन्सी भिसा भएका नेपाली नागरिकसहित ६ देशका नागरिकलाई प्रवेश अनुमति दिने निर्णय गरेको गल्फ न्युजले खबर लेखेको छ । 

यूएईको ‘जनरल सिभिल एभियसन अथोरिटी र नेशनल इमर्जेन्सी क्राइसीस् एण्ड डिसास्टर म्यानेजमेन्ट अथुरिटीले मंगलबार यस्तो निर्णय गरेको खबरमा उल्लेख छ । 

कोरोना सङ्क्रमण रोकथामका लागि यूएईले नेपालसहित, भारत पाकिस्तान, श्रीलङ्का लगायतका देशबाट आउने यात्रु माथि प्रतिबन्ध लगाएको थियो । अब अगस्ट ५ देखि नेपाल, भारत, श्रीलङ्का, पाकिस्तान, नाइजेरिया र युगान्डाबाट कोरोना विरुद्धको खोप लगाएका ‘भ्यालिड रेसिडेन्सी भिसा’ भएकाहरु यूएई प्रवेश गर्न पाउनेछन् ।

यूएईले मोर्डना, फाइजर बायोएनटेक, स्पुतनिक भी, अक्फोर्ड अस्ट्राजेनेका र सिनोफर्मा(भेरोसेल) खोपलाई मान्यता दिएको छ । नेपालबाट पनि भेरोसेल खोपको दुवै मात्रा लगाएको र भ्यालिड रेसिडेन्सी भिसा छ भने  अब यूएई प्रवेश गर्न पाइनेछ ।

अन्तिम अपडेट: बैशाख २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया