१६ हजारभन्दा धेरैकाे नमुना परीक्षण गर्दा ३ हजार ३ सय ८३ जनामा काेराेना पुष्टि

 साउन १९, २०७८ मंगलबार १८:४६:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

पछिल्लो २४ घण्टामा तीन हजार तीन सय ८३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । १६ हजार सात सय १८ जनाको पीसीआर–एन्टिजेन परीक्षण गर्दा तीन हजार तीन सय ८३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यो कुल परीक्षणको २० प्रतिशतभन्दा धेरै हो । आज थपिएकासहित नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या सात लाख ६५ हजार आठ सय १५ जना पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा एक हजार नौ सय ९४ जना निको भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ६ लाख ६० हजार एक सय १६ जना पुगेको छ ।

यही अवधिमा थप २४ जनाले कोरोना सङ्क्रमणका कारण ज्यान गुमाएसँगै अहिलेसम्म ज्यान गुमाउनेको सङ्ख्या नौ हजार नौ सय २२ पुगेको छ ।

अहिले नेपालमा ३२ हजार ५९ जना कोरोनाका सक्रिय सङ्क्रमित छन् ।

पछिल्लो २४ घण्टामा एक लाख ९८ हजार चार सय ५९ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । योसहित दुई वटै मात्रा खोप लगाउनेको सङ्ख्या २० लाख दुई हजार सात सय तीन र एक मात्रा लगाउनेको सङ्ख्या ४२ लाख ५४ हजार पाँच सय ४० पुगेको छ ।  

अन्तिम अपडेट: माघ २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया