आरटीसी भुटानलाई ७ गोलले हराउँदै चर्च ब्वाइज बुढासुब्बा गोल्डक...
माघ २३, २०८१ बुधबार
काठमाण्डौ – काठमाण्डौ उपत्यकामा निषेधज्ञा फेरि थपिएको छ । अब तालिम सेमिनार, बैठक तथा गोष्ठी भर्चुअलका माध्यमबाट मात्रै सञ्चालन गर्न पाइने छ ।
कोरोनाको सङ्क्रमण बढ्न थालेकाले भोलिदेखि २७ गतेसम्म थपिएको निषेधाज्ञामा प्रत्यक्ष सहभागी भएर गरिने तालिम सेमिनार, बैठक तथा गोष्ठीमा रोक लगाइएको हो । यसअघि यस्ता कार्यक्रम २५ जना भन्दा बढी भेला नगराइ गर्न पाइन्थ्यो । तर, यसको पालना भने हुन सकेको थिएन । स्वास्थ्य मापदण्डको पालना नभएकै कारण संक्रमण फेरि बढेको भन्दै भीडभाडजन्य गतिविधि रोक्न भनिएको काठमाण्डौका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताउनुभयो ।
यस्तै, कोरोनाको लक्षण देखिएका तथा सङ्क्रमितको सम्पर्कमा रहेका व्यक्तिलाई एन्टिजेन तथा पीसीआर परीक्षणका लागि सम्बन्धित पालिका, जिल्ला अस्पतालमा सम्पर्क गर्न पनि आग्रह गरिएको छ । यस्तै, स्वास्थ्यको मापदण्ड पालना गरे नगरेको बारे अनुगमन हुनेछ र अनुगमनका क्रममा अवज्ञा गरेको पाइएमा कोरोना सङ्कट व्यवस्थापन अध्यादेश २०७८ अनुसार कारबाही हुने चेतावनी दिइएको छ ।
यस्तै, सबै प्रकारका सभा, सम्मेलन, पार्टी प्यालेस, सिनेमा हल, डान्सबार, नाचघर, स्वीमिङ पुल, मनोरञ्जनस्थल, सङ्ग्रहालय, रङ्गशालामा हुने दर्शकसहितका खेलकुद तथा मानिसको भीडभाड हुने अन्य कार्यक्रम गर्न/गराउन नपाइने विगतको व्यवस्थालाई कायमै राखिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
Digambar Amatya
Aug. 6, 2021, 9:55 a.m.Best action has taken by Govt. This covid will not be illuminated without lockdown