रवि लामिछानेलाई जिल्ला अदालत चितवनले हिरासतमा पठायो
माघ २३, २०८१ बुधबार
काठमाण्डौ – अफगानिस्तानका रक्षामन्त्रीको घरमा विद्रोही समूहले कार बम आक्रमण गर्दा कम्तीमा चार जनाको ज्यान गएको छ । ११ जना घाइते भएका छन् ।
आक्रमणका बेला रक्षामन्त्री बिस्मिल्लाह खान मोहम्मदी घरबाहिर भएकाले सुरक्षित रहनुभएको बीबीसीले जनाएको छ । उहाँले घटनापछि ट्वीट गरी आत्तिनु नपर्ने भन्नुभएको छ । रक्षामन्त्रीको परिवारका सदस्यलाई उद्धार गरिएको छ । उनीहरु सुरक्षित छन् । बन्दुकधारीले आज बिहान काबुलको सबैभन्दा सुरक्षित मानिने रक्षामन्त्रीको घरमा कार बम आक्रमण गरेका बीबीसीले जनाएको छ । साथै उनीहरूले गोली पनि चलाएका थिए ।
संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्ले हिंसा अन्त्य गर्न आह्वान गरेका बेला अफगानिस्तानमा आक्रमणको घटना भएको हो । पछिल्लो घटनामा संलग्नता र ज्यान गुमाउने को हुन् भन्नेबारे पूर्ण रुपमा खुलेको छैन । अमेरिकी सैनिक फिर्ता हुन थालेपछि अफगानिस्तानमा तालिबानले हिंसाका घटना बढाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।