अगस्ट ५ देखि यूएई जान गर्नुपर्छ यी प्रक्रिया

 साउन २०, २०७८ बुधबार १२:२६:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – यूएईको आवासीय भिसा भएकाहरूको लागि यूएई सरकारले अगस्ट ५ देखि प्रवेश खुला गरेको छ । विभिन्न मापदण्ड र वर्ग छुट्टाएर यूएईले अगस्ट ५ देखि प्रवेश अनुमति दिने निर्णय गरेको हो ।

कस्ता व्यक्ति यूएई जान पाउछन् ?

यूएई प्रवेश गर्नका लागि यूएईको आवासीय भिसा भएका र यूएईमा कोरोना विरुद्धको दुवै मात्रा खोप लगाई त्यसको प्रमाणपत्र लिएको हुनुपर्छ । आवासीय भिसा भएका तर खोप नलगाएका विभिन्न पेसा व्यवसायमा आबद्ध व्यक्तिहरूलाई पनि यूएईले प्रवेश अनुमति दिने भएको छ । 

यूएईको आवासीय भिसा भएका तर खोप नलगाएका यूएईको सरकारी निकायमा कार्यरत व्यक्तिहरू, यूएईमा कार्यरत स्वास्थ्यकर्मी, यूएईका विद्यालय तथा विश्वविद्यालयका शिक्षकहरू, यूएईमा उपचार चलिरहेका व्यक्ति र विशेष मानवीय परिस्थिति भएका व्यक्तिहरूलाई प्रवेश अनुमति दिनेछ ।

यूएई प्रवेशका लागि गर्नुपर्ने प्रक्रिया

सबैभन्दा पहिला त यूएईको सम्बन्धित निकायमा अनलाइनबाटै यूएई प्रवेशका लागि अनुमति लिनुपर्छ । 

अनुमति लिन यहाँ क्लिक गर्नुहोस् 

४८ घण्टा भित्रको पीसीआर नेगेटिभ रिपोर्ट हुनुपर्नेछ । नेपालको विमानस्थलमा र्‍यापीड टेस्ट हुनेछ भने यूएईको विमानस्थलमा अवतरण भए पछि पनि पीसीआर परीक्षण हुनेछ । 

क्वरेण्टीन लगायतका यूएई सरकारले तोकेको अन्य स्वास्थ्यका मापदण्ड पालना गर्नुपर्नेछ । 

अन्तिम अपडेट: बैशाख ९, २०८१

तपाईको प्रतिक्रिया