मेक्सिकोद्वारा अमेरिकी बन्दुक उत्पादक कम्पनी विरुद्ध मुद्दा दायर

 साउन २१, २०७८ बिहीबार १३:९:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - मेक्सिकोले अमेरिकाका केही ठूला बन्दुक उत्पादक कम्पनीविरुद्ध मुद्दा दायर गरेको छ। लापरबाहीपूर्ण व्यापारिक आचरणको प्रयोग गरेर रक्तपातलाई बढावा दिएको आरोप लगाउँदै मेक्सिकोले अमेरिकी बन्दुक उत्पादक कम्पनीहरुमाथि लगाएको हो ।

मेक्सिकोले दायर गरेको मुद्दामा १० अर्ब अमेरिकी डलर बराबरको क्षतिपूर्ति माग गरिएको छ । मेक्सिकोले जति दाबी गरे पनि क्षतिपूर्ति वा जरिबाना कति हुने भन्ने अदालतले निर्धारण गर्ने छ । आफ्नो व्यापारिक हितका लागि रक्तपातलाई बढावा दिने खालका नीति अख्तियार गरेको आरोप लगाइएका कम्पनीहरुले अहिलेसम्म टिप्पणी गरेका छैनन् ।

यी कम्पनीले मेक्सिकोका लागुऔषध तस्कर समूहसहित अरु आपराधिक समूहलाई गैरकानूनी रुपमा तस्करीमाफर्त बन्दुक उपलब्ध गराउने गरेको मेक्सिकोको आरोप छ । तस्करीमा कम्पनीहरुको सहयोग रहेको आरोप मेक्सिकोको छ ।

 

अन्तिम अपडेट: माघ १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया