झण्डै दुई अर्ब डोज खोप सहयोग गर्ने चीनको प्रतिबद्धता, अमेरिका र ब्राजिल फेरि कोरोनाको चपेटामा

 साउन २२, २०७८ शुक्रबार ६:५४:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – चीनले कोरोना विरुद्धको खोपको झण्डै दुई अर्ब डोज सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । चीनले खोपको आवश्यक परेका विश्वका विभिन्न देशलाई सहयोग गर्ने प्रतिबद्धता जनाएको हो ।

चीनका राष्ट्रपति सी जिनपिङले अन्तर्राष्ट्रिय कोभिड १९ भ्याक्सिन सहयोग मञ्चलाई पत्र लेख्दै खोप सहयोग गर्न आफूहरु तयार रहेको बताउनुभएको हो । चीनले अहिलेसम्म विभिन्न देशलाई दुई करोड ४२ लाख डोज खोप सहयोग गरिसकेको पनि जनाएको छ ।

यसैबीच केही समय अघि खोप आपूर्ति गर्न नसकेका देशलाई अमेरिका र बेलायतले पनि सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए । प्रतिबद्धता अनुसार यी देशले खोप वितरण थालिसकेका छन् ।  डेल्टा भेरियन्टका कारण पछिल्लो समय कोरोनाको  संक्रमण फेरि बढे पछि खोपको माग पनि विश्वमा बढ्दै गएको छ ।

विश्वका एक सय ३५ देशमा डेल्टा भेरियन्ट फैलिएको पाइएको छ । सबैभन्दा धेरै अमेरिका र ब्राजिलमा संक्रमण बढेको छ । अमेरिकामा फेरि दैनिक एक लाखको हाराहारीमा संक्रमित भेटिन थालेका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । ब्राजिलमा नयाँ संक्रमतिको संख्या ४० हजार भन्दा धेरै छ ।
 

अन्तिम अपडेट: भदौ ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया