कक्षा १२ काे परीक्षा स्थगित गर्नेबारे निर्णय गर्न बोर्डको बैठक बस्दै

 साउन २३, २०७८ शनिबार ८:८:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - स्वास्थ्य मन्त्रालयले परीक्षा स्थगित गर्न सिफारिस गरेपछि यसबारे निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डको बैठक आज बस्दैछ।

कोरोना सङ्क्रमण बढ्दै गएकाले कक्षा १२ सहितका अरु परीक्षा रोक्न मन्त्रालयले हिजो सिफारिस गरेको हो । कक्षा १२ को परीक्षा आउँदो ३१ गतेदेखि सुरु हुँदैछ । मन्त्रालयको सिफारिसपछि परीक्षा के हुन्छ भन्नेमा विद्यार्थी र शिक्षक अन्योलमा छन् । कक्षा १२ को परीक्षामा झण्डै चार लाख विद्यार्थी सहभागी हुँदैछन् ।

परीक्षाबारे आज निर्णय हुने बोर्डले जनाएको छ । यसअघि गएको जेठ २६ गतेका लागि तय भएको परीक्षा बोर्डले स्थगित गरेको थियो । कोरोना सङ्क्रमण फैलँदै गएकाले कक्षा १२ को सहित नजिक आएका सबै परीक्षा स्थगित गर्न शिक्षा मन्त्रालय र कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रलाई सिफारिस गरिएको स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: माघ २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Seemran Budhathoki

    Aug. 7, 2021, 9:27 a.m.

    अहिले परीक्षा नभई कुनै पार्टी को आनदोलन वा चुनाव हुने थियो भने कोही कसैले पनि यसरि आवाज उठाउदैन थियो । जब परिक्षा आ-आफ्नो कलेज मा हुने र सबै स्वास्थय मापदण्ड अपनाइने भनिएको छ । यसरि परिक्षा लिनु मेरो विचार मा उचित छ। जेठमा नै भईसक्नु पर्ने परिक्षा भदौ मा हुदै छ यसरि विध्यार्थि हरु को परिक्षा मा ढिलाई हॅंुदा सारै नै चित्त दुखेको छ। म पनि कक्षा १२ को विध्यार्थि हुं र परिक्षा लिन अब ढिलाई नहोस् भन् ने मेरो धारणा रहेको छ । मैले राखेको यो आवाज सम्वन्धित सबैमा पुगोस । तर आज सम्म पहुच वाला र पैसा वाला हरु को नै चलिआएको मेरो देश को एस्तो अवस्था देखेर दुख लाग्छ र मैले भनेका यि कुरा हरु कतै सुनिन्छ जस्तो मलाई लाग्दैन तापनि मेरो भन् नु परिक्षा संन्चालन होस् भन् नु हो। #pleasedonotcancelNEBexam 🙏🏻 It’s my humble request 🙏🏻

  •  0 Reply

तपाईको प्रतिक्रिया