अमेरिकी अर्थतन्त्रमा सुधारको सङ्केत, जुलाईमा बेरोजगारी दर ५ दशमलव ४ प्रतिशतमा झर्याे

 साउन २३, २०७८ शनिबार ११:२५:२० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - अमेरिकी अर्थतन्त्रमा सुधारको सङ्केत देखिएको छ । अमेरिकी श्रम मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कले बेरोजगारीको दरमा आधा अङ्कले कमी आएको छ ।

जुलाईमा बेरोजगारी दर ५ दशमलव ४ प्रतिशतमा झरेको तथ्याङ्कमा उल्लेख छ । जुलाईमा नौ लाख ४३ हजार थप व्यक्तिले नयाँ रोजगारीका अवसर पाएको प्रतिवेदन सार्वजनिक गरिएको अमेरिकी श्रम मन्त्रालयलाई उदृत गरी एएफपीले जनाएको छ ।

कोरोना महामारीका कारण अमेरिकासहित विश्वका उद्योगधन्दा प्रभावित भएका छन् । तर अमेरिकामा पछिल्लाे केही महिनामा उद्योगहरू बिस्तारै सामान्य अवस्थामा फर्कन थालेको प्रतिवेदनले देखाएको छ । महामारीका कारण गुमेको रोजगारी अझै स्थापित हुन नसकेको अर्थशास्त्रीहरुले बताउँदै आएका छन् ।   

अन्तिम अपडेट: असोज १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया