लुम्बिनीको विशेष अधिवेशन रोक्न माग गर्दै सर्वोच्चमा रिट

 साउन २५, २०७८ सोमबार १४:४३:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – लुम्बिनी प्रदेशको विशेष अधिवेशन रोक्न माग गर्दै सत्तारुढ दल नेकपा एमाले संसदीय दलको तर्फबाट सर्वाेच्च अदालतमा रिट दर्ता भएको छ ।

एमाले प्रदेश अध्यक्ष लीला गिरीले रिट दर्ता गराउनुभएको र त्यसको पेसी भोलिका लागि तोकिएको सर्वाेच्च अदालतका प्रवक्ता बाबुराम दाहालले जानकारी दिनुभयो । 

लुम्बिनी प्रदेशका विपक्षी गठबन्धनले मुख्यमन्त्री पोखरेल अल्पमतमा रहेको दाबीसहित अविश्वासको प्रस्ताव दर्ता गरेर विशेष अधिवेशन माग गरेपछि प्रदेश प्रमुख अमिक शेरचनले आउँदाे बुधवारका लागि विशेष अधिवेशन आह्वान गर्नुभएको छ ।

तर सरकारसँगको छलफल र सहमतिविना संविधान विपरीत विशेष अधिवेशन आह्वान भएको भन्दै सत्तारुढ एमाले संसदीय दलले विशेष अधिवेशन रोक्न माग गरेको छ । 

हिजो आइतवार अधिवक्ता गणेश घिमिरेले विशेष अधिवेशन रोक्न माग गर्दै दिएको निवेदन सर्वाेच्च अदालतले हकदैया नपुगेको भन्दै दरपिठ गरेको थियो ।  

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया