पूजाकाे अर्धशतक, नेपालले दियाे नेदरल्यान्ड्सलाई १ सय ४६ रनकाे...
माघ २३, २०८१ बुधबार
काठमाण्डाै - अफगानिस्तानमा तालिबान र सरकारी सेनाबीचको द्वन्द्वमा परि तीन दिनमा २७ बालबालिकाकाे ज्यान गएकाे छ । विगत तीन दिनमा १ सय ३६ जनाभन्दा धेरै बालबालिका घाइते भएको युनिसेफको प्रतिवेदनमा उल्लेख छ।
संयुक्त राष्ट्रसङ्घले द्वन्द्वमा परि महिला र बालबालिका बढी जोखिममा परेकाे जनाएकाे छ । राष्ट्रसङ्घको बालबालिका मामिला हेर्ने निकाय युनिसेफले बालबालिकामाथि हुने हिंसा बढेको र यसले स्तब्ध बनाएको जनाएको छ । कतिपय क्षेत्रबाट हजारौँ नागरिक घर छाडेर राजधानी काबुल गइरहेका छन् ।
घर छोड्न बाध्य परिवारका बालबालिका खुला आकाशमुनी सुत्न बाध्य भएको युनिसेफ अफगानिस्तानका समान्थ मोर्तलाई उदृत गर्दै बीबीसीले उल्लेख गरेको छ । साथै तालिबान विद्रोहीले महिला र बालबालिकालाई बन्धक बनाएको खबरमा उल्लेख छ ।
तालिबानले शुक्रवारयता अफगानिस्तानमा ५ वटा क्षेत्रीय राजधानीमा कब्जा जमाइसकेको छ । अन्तर्राष्ट्रिय रूपमा गरिएको युद्धविरामको आह्वानलाई तालिबानले अस्वीकार गरेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।