सुनको भाउ ताेलामा दुई सय रुपैयाँले बढ्यो
पुस २, २०८१ मंगलबार
काठमाण्डाै – अर्थ मन्त्री जनार्दन शर्माले कोही कसैलाई आक्षेप लगाउने र पूर्वाग्रह राखेर आफूले श्वेत पत्र (यथार्थ पत्र) नल्याएको स्पष्ट पार्नुभएको छ ।
प्रतिनिधि सभाको आज मङ्गलवारको बैठकमा सांसदले राखेका जिज्ञासाको जवाफमा अर्थ मन्त्री शर्माले भन्नुभयो, यो आग्रह पूर्वाग्रह र आक्षेप लगाउने विषय होइन, देशको अर्थतन्त्रको वास्तविक तस्बिर पेस गरिएको छ । आफूले जस्ताको तस्तै तथ्य प्रस्तुत गरेको उल्लेख गर्दै उहाँले अघिल्लो सरकारले गरेको कामलाई समेत यथार्थ पत्रमा प्रस्तुत गरेको स्पष्ट पार्नुभयो ।
कोरोनाविरुद्धको खोप अहिलेसम्म के–कति आयो र कतिले लगाए भन्ने तथ्याङ्क यथार्थ पत्रमा राखिएको मन्त्री शर्माको भनाइ थियो । तथ्याङ्क बङ्ग्याउने काम भएको छैन, उहाँले भन्नुभयो, यो प्रतिशोध पत्र होइन, देशको ऐना हो । कोरिया जानबाट वञ्चित युवाका विषयमा सम्बन्धित पक्षसित आवश्यक छलफल भइरहेको मन्त्री शर्माले बताउनुभयो । त्यस विषयमा कोरियाली राजदूतसित समेत छलफल भएको उहाँले स्पष्ट पार्नुभयो ।
सरकारले कोरोनाको तेस्रो लहर आउनेतर्फ सचेतता अपनाएको स्पष्ट पार्दै मन्त्री शर्माले त्यसका लागि १९ अर्ब रुपैयाँ बजेट छुट्टयाइएको जानकारी दिनुभयो । उहाँले कोरोना प्रभावितका लागि छिट्टै आर्थिक प्याकेज ल्याउने तयारीमा सरकार रहेको उल्लेख गर्नुभयो । सरकार आयात कम गर्न उत्पादन केन्द्रित अभियान सञ्चालन गर्ने तयारीमा रहेको मन्त्री शर्माले सुनाउनुभयो ।
यस्तै सरकारले देशको वर्तमान आर्थिक अवस्थाको जानकारी संसद्समक्ष प्रस्तुत गर्दै अध्यादेशबाट आएको चालु आर्थिक वर्षको बजेटलाई प्रतिस्थापन गर्ने भएको छ ।
यसअघि सांसदहरू महेश बस्नेत, खगराज अधिकारी, प्रेम सुवाल, राजेन्द्रकुमार केसी, पदम गिरी, गजेन्द्रबहादुर महत, देवेन्द्रराज कँडेल, पुष्पा भुसाल, मनकुमारी जिसी, पार्वता डिसी चौधरी, दिव्यमणि राजभण्डारी, प्रकाश रसाइली स्नेही, अमनलाल मोदी, लक्ष्मी परियार, मीनबहादुर विश्वकर्मा, मोहन पाण्डे र लालबहादुर थापाले यथार्थपत्रका बारेमा जिज्ञासा राखेका छन् ।
याे पनि पढ्नुहाेस्
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।