अफगानिस्तानबाट सेना फिर्ता बाेलाएर कुनै पछुतो भएकाे छैन : बाइडेन

 साउन २७, २०७८ बुधबार १२:४४:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – अमेरिकी राष्ट्रपति जो बाइडेनले अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता लगेकोमा कुनै पछुतो नभएको बताउनुभएको छ ।

अफगानिस्तानको प्रान्तीय राजधानीमा विद्रोही समूह तालिबानले लगातार कब्जा जमाउँदै गइरहेका बेला अमेरिकी राष्ट्रपति बाइडेनको यस्तो प्रतिक्रिया आएको हो । राष्ट्रपति बाइडेनले अफगानिस्तानका नेतालाई एकजुट हुँदै आफ्नो राष्ट्रका लागि लड्न आग्रह गर्नुभएको छ । २० वर्षको सैन्य अभियानपछि अमेरिकी नेतृत्वको सेना स्वदेश फर्किएसँगै तालिबानले अफगानिस्तानमा आक्रमण बढाएको छ ।

राष्ट्रपति बाइडेनले अफगानिस्तानबाट आफ्ना सेना फिर्ता गरे पनि अमेरिकाले दिँदै आएको आर्थिक सहयोग तथा खद्यान्न र सैन्य सामग्रीको सहयोगलाई निरन्तरता दिने बताउनुभएको छ । अमेरिकी सेना फिर्ता भएपछि अफगानिस्तानमा भएको संघर्षमा १ हजारभन्दा धेरै नागरिक तथा बालबालिकाको ज्यान गएको संयुक्त राष्ट्र संघले जनाएको छ । 
 

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया