विश्वमा कोरोनाको सङ्क्रमण अझै लामो समयसम्म रहन सक्छ – अध्ययन

 साउन २९, २०७८ शुक्रबार ८:१७:५० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै -  विश्वमा कोरोना भाइरसको सङ्क्रमण अझै लामो समयसम्म रहन सक्ने एक अध्ययनले देखाएको छ । अध्ययनका अनुसार आउँदा केही वर्षमा यो अन्य सरुवा रोग जस्तै बन्न सक्ने सम्भावना छ ।

अमेरिका र नर्वेका विज्ञ सहभागी टिमले गरेको अध्ययनले आउँदा दिनमा कोरोना भाइरसले खोप नलगाएका स–साना बालबालिकालाई धेरै असर गर्ने देखिएको छ । धेरैजसो वयस्क र ज्येष्ठ नागरिकले कोरोनाविरुद्धको खोप लगाइसकेकाले अब बालबालिका बढी जोखिममा रहेका विज्ञले बताएका छन् ।

साइन्स एड्भान्सेजमा प्रकाशित प्रतिवेदन अनुसार कोरोनाको भाइरसले पनि इन्फ्लुएञ्जा भाइरस जस्तै स्वरुप परिवर्तन गरिरहने भएकाले केही वर्षपछि यो स्थानीय सरुवा रोग जस्तै सामान्य बन्दै जाने छ ।

अहिलेसम्म कुनै-कुनै महामारीले केही वर्षसम्म फैलिएर असर गर्ने गरेर र त्यसपछि स्वरुप बदलेर अन्य सरुवा रोग जस्तै बन्ने गरेको पाइएको प्रतिवेदनमा उल्लेख छ । तर, कोरोना भाइरसका कारण ज्यान जाने जोखिम धेरै भएकाले सबैलाई खोपको पहुँचमा पुर्याउनु पर्ने र खोप लगाउन प्रेरित गर्नु पर्नेमा प्रतिवेदनले जोड दिएको छ । 

अन्तिम अपडेट: बैशाख २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया