नेपाल राष्ट्र बैंकले आज मौद्रिक नीति सार्वजनिक गर्ने

 साउन २९, २०७८ शुक्रबार ८:४९:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपाल राष्ट्र बैंकले आज मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरेको छ । केन्द्रीय बैंकले आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीति आज सार्वजनिक गर्ने तयारी गरेको हो ।

आज सञ्चालक समितिमा मौद्रिक नीति पेस गर्ने र त्यसपछि सार्वजनिक गर्ने तयारी रहेको राष्ट्र बैंकले जनाएको छ । कोरोनाका कारण प्रभावित भएका ऋणीलाई विशेष सुविधासहित मौद्रिक नीति आउने अनुमान छ । कोभिडको महामारीले शिथिल अर्थतन्त्रलाई गएको वर्षको मौद्रिक नीतिले ठूलो राहत दिएको थियो ।

यो वर्ष पनि मौद्रिक सहुलियत र सुविधा अपेक्षा गरिएको छ । तर, गएको वर्षको जस्तो यसपालि धेरै सुविधा नआउने सम्भावना छ । गएको आर्थिक वर्षको मौद्रिक नीति साउन २ गते सार्वजनिक भएको थियो । तर, चालु आर्थिक वर्षको मौद्रिक नीति ल्याउने समयमा सरकार परिवर्तन भएपछि मौद्रिक नीति ल्याउन ढिलो भएको हो । 

अन्तिम अपडेट: बैशाख ११, २०८१

तपाईको प्रतिक्रिया