कान्दाहारसहित महत्त्वपूर्ण सहर तालिबानको कब्जामा, सरकारद्वारा सत्ता साझेदारीको प्रस्ताव

 साउन २९, २०७८ शुक्रबार ९:१२:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - विद्रोही समूह तालिबानले अफगानिस्तानको घाज्नी र हेरात सहरमा पनि कब्जा जमाएको छ । यसलाई तालिबानले महत्त्वपूर्ण जित मानेको छ ।

रणनीतिक रुपमा मुख्य मानिने घाज्नीमा कब्जा जमाए पछि तालिबानले अब राजधानी काबुलमा पनि कब्जा गर्ने सम्भावना बढेको छ ।

घाज्नी काबुलदेखि १५० किलोटिर दूरीमा पर्छ । तालिबानले अफगानिस्ताको दोस्रो ठूलो सहर कान्दाहारलाई पनि कब्जामा लिएको छ । कान्दाहारमा भीषण युद्ध चलिरहेको छ । युद्धका कारण हजारौँ मानिस विस्थापित भएका छन् । तालिबानको सक्रियता बढेसँगै अफगान सरकारले धेरै ठाउँमा नियन्त्रण गुमाउँदै गएको छ ।

विशेष गरेर देशको उत्तरी र पश्चिमी क्षेत्रमा तालिबान लडाकुले आफ्नो पकड बढाउँदै लगेका बीबीसीले जनाएको छ । तालिबानले धेरै सहरलाई कब्जामा लिन थालेसँगै सरकारी वार्ता टोलीले सत्ता साझेदारीको प्रस्ताव गरेको छ ।

आक्रमण अन्त्य गरी शान्ति स्थापनाका लागि सरकारले तालिबान समूहलाई सत्ता साझेदारीको प्रस्ताव गरेको हो । तर, तालिबानले भने स्थायी शान्ति स्थापनाको लागि राष्ट्रपति असरफ घानी सत्ताबाट बाहिरिनुपर्ने बताउँदै आएको छ ।

अन्तिम अपडेट: असोज ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया