अस्ट्रेलियासँगकाे चाैथाे टेस्टमा नीतीश कुमारकाे शतक, भारत अझ...
पुस १३, २०८१ शनिबार
काठमाण्डाै – नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटीको बैठक अहिले बसिरहेको छ । काठमाण्डौको एक पार्टी प्यालेसमा बसिरहेको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेस गर्नुभएको राजनीतिक एवं साङ्गठनिक प्रतिवेदनमाथि छलफल भइरहेको छ । प्रचण्डको प्रतिवेदनमा अब टोलटोलमा माओवादी केन्द्रका कमिटी बनाएर पार्टीलाई फेरि नागरिककै घरदैलोमा पुर्याउने र आउँदो चुनावमा सबैभन्दा बलियो शक्ति बन्ने दाबी छ ।
यस्तै प्रस्तावमा सत्तारुढ गठबन्धनलाई कम्तिमा आउने तीनवटै तहका चुनावसम्म कायम राख्ने प्रस्ताव पनि गरिएको छ । अहिलेको गठबन्धन लोकतान्त्रिक प्रणाली, संविधान र स्थायित्व तथा सुशासनका लागि भएकाले आउने चुनावसम्म कायम राख्ने नीति रहने प्रस्तावमा उल्लेख छ । एमालेसँगको एकता र गठबन्धन उपयुक्त भए पनि अध्यक्ष केपी ओलीको अहंकार र दम्भका कारण नेकपा विघटन भएको भन्दै अध्यक्ष प्रचण्डले ओलीबाहेकका कम्युनिस्टहरुको एकीकरण गर्ने समेत उल्लेख गर्नुभएको छ ।
अहिलेको संविधानमा आफ्नो पार्टीले भनेको जस्तै नभए पनि आधारभूत र मूल रुपमा आफ्नो पार्टीको स्वामित्व रहेको भन्दै प्रतिवेदनमा संविधानलाई कार्यान्वयन गर्दै समाजवाद तर्फको कदम रहने उल्लेख छ । अहिलेको सरकारका प्राथामिकता कोरोना नियन्त्रण, अर्थतन्त्रको पुनरुत्थान, नागरिकको जीवनस्तर सुधार र सुशासन स्थापना भएकोले गठबन्धन सरकारको लक्ष्य पूरा गर्न पार्टी प्रतिबद्ध भएर लाग्ने भनिएको छ ।
प्रतिवेदनमा एमसीसी र भारतसँगको सीमा बिबाद रहेको कालापानी, लिपुलेक, लिम्पियाधुराको समस्या पार्टीको घोषित नीति अनुसार कुटनीतिक संवादका माध्यमबाट हल गरिने उल्लेख छ ।
माओवादी केन्द्रीय कमिटी बैठकमा पेस गरिएको राजनीतिक प्रतिवेदन र विधान संशोधन प्रस्तावका साथै विधान मस्यौदामाथि छलफल गर्न केन्द्रीय सदस्यहरूलाई आठ समूहमा बाँडिएको छ । समूहलाई प्रस्तावमाथि छलफल गर्न भोलि बिहान ११ बजेसम्मको समय दिइएको छ ।
माओवादीको केन्द्रीय कमिटी बैठकले सांगठनिक एजेण्डा तय गर्ने, नेताहरूको प्रदेश र विभिन्न विभागहरूमा कार्य विभाजनको निर्णय गर्नेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।