ग्लोबल आईएमई बैंकका ग्राहकलाई समाज डेन्टल अस्पतालमा विशेष छुट
मंसिर ९, २०८१ आइतबार
ओखलढुङ्गा - ओखलढुङ्गामा यौनजन्य अपराधका घटना बर्सेनि बढिरहेका छन् । बलात्कार, बलात्कार प्रयास र बाल यौन दुरुपयोगका घटनामा वृद्धि भएका छन् ।
लकडाउनकाे समयमा कोठामा बसेर इन्टरनेट चलाउने, विद्यालयको बोझ कम हुने र फुर्सदमा अनेक कुरा सोच्न समयमा हुने भएकाले बालबालिका र युवायुवती यस्ता अपराधमा संलग्न भएको पाइएको हो ।
जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गामा दर्ता भएका यस्ता अपराधका घटनाको तीन वर्षको अभिलेखमा बर्सेनि यस्ता घटना बढिरहेका छन् ।
चेतनाको विकासले उजुरी गर्ने बढेको मात्रै नभइ बालबालिका र अन्य व्यक्तिमा समेत मोबाइलको दुरुपयोगले यस्ता अपराधमा उत्प्रेरित गरेको पाइएको महिला अधिकारकर्मी रीता श्रेष्ठ बताउनुहुन्छ । श्रेष्ठका अनुसार बालबालिकादेखि ठूला मान्छे समेत मोबाइल दुरुपयोगबाट यौनजन्य अपराधमा लागेको पाइएको छ ।
प्रहरीको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७५/०७६ मा बलात्कारका घटना १० वटा दर्ता भएकोमा ०७६/०७७ मा बढेर १४ पुगेका थिए । गएकाे वर्ष २०७७/०७८ मा यो सङ्ख्या २३ पुगेको छ । यी सबै घटनामा किशोरावस्थादेखि युवायुवतीहरु नै संलग्न भएको पाइएको छ । मोबाइलको दुरुपयोग गर्ने, इन्टरनेटमा अश्लिल भिडियो हेर्ने, अन्य व्यक्तिको अनुसरण गर्नेजस्ता कारणले यस्ता घटना बढेको हुनसक्ने जिल्ला प्रहरी कार्यालयका डीएसपी गोविन्दराज काफ्लेको भनाइ छ ।
बलात्कार मात्रै होइन बलात्कार प्रयास र बाल यौन दुरुपयोगका घटना पनि बढिरहेका छन् । बलात्कार प्रयासका उजुरी ०७६/०७७ मा ६ दर्ता भएकोमा २०७७/०७८ मा ८ दर्ता भएको प्रहरी अभिलेख छ । त्यस्तै बाल यौन दुरुपयोगका उजुरी पनि दुई वर्षमा दोब्बर बढी दर्ता भएका छन् ।
यही तुलनामा अन्य अपराधका घटना पनि बढिरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कार्यालयको अभिलेख अनुसार सबै प्रकृतिका कार्यालयमा दर्ता भएका उजुरमा ०७६/०७७ मा १५९ रहेकोमा २०७७/०७८ १७५ पुगेको छ ।
बन्दाबन्दीले विद्यालय, पसल तथा अन्य धेरै क्षेत्र बन्द भएको, युवायुवती तथा कामकाजी व्यक्ति फुर्सदमा हुने, खाल समयमा नकारात्मक सोचाइ आउने तथा आयआर्जनको बाटो नहुने भएपछि आपराधिक घटनामा संग्लन हुने गरेको पाइएको प्रहरीको अनुसन्धानले देखाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।