अमेरिकाले काबुल एअरपोर्ट नियन्त्रणमा लियो

 साउन ३२, २०७८ सोमबार १३:१७:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - तालिबानले अफगानिस्तानको राजधानी काबुल नियन्त्रणमा लिएको एक दिनपछि त्यहाँको विमानस्थलमा अचानक अराजकता बढेपछि अमेरिकी सेनाले त्यहाँको नियन्त्रण आफ्नो हातमा लिएको छ । 

अमेरिकी सेनाले आफ्ना र आफ्ना सहयोगी देशका कर्मचारीहरूलाई सुरक्षित रूपमा बाहिर पठाउनका लागि विमानस्थल क्षेत्र र एअर ट्राफिक नियन्त्रणमा लिएको हो । 

तर काबुलको हामिद करजई अन्तर्राष्ट्रिय विमानस्थलमा सबै व्यावसायिक उडान स्थगित गरिएको छ जसका कारण सयौँ सङ्ख्यामा अफगान र दोस्रो देशका नागरिक फसेका छन् । 

एक भिडियोमा त्यहाँका नागरिक स्थानीय बस स्टेशनतर्फ दौडिँदै विमानस्थल र विमानतर्फ भागिरहेको देख्न सकिन्छ । 

आफ्ना सबै दूतावासका कर्मचारीलाई त्यहाँबाट बाहिर निकाल्नका लागि विमानस्थलमा बोलाइएको अमेरिकाले बताएको छ । 

आफ्ना नागरिकलाई त्यहाँबाट बाहिर निकाल्न अमेरिकाले ६ हजार सैनिकलाई अफगानिस्तान पठाएको छ । 
 

अन्तिम अपडेट: असार ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया