के पाकिस्तानका प्रधानमन्त्री इमरान खानले तालिबानलाई समर्थन गर्छन् ?

 भदौ १, २०७८ मंगलबार ७:५४:१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - पाकिस्तानका प्रधानमन्त्री इमरान खानले अफगानिस्तानले गुलामीको साङ्लो तोड्न सफल भएको बताउनु भएको छ । 

विद्रोही समूह तालिबानले अफगानिस्तानलाई कब्जामा लिएसँगै त्यहाँको अवस्था के होला ? भन्ने चासोकै बीच खानको यस्तो अभिव्यक्ति सार्वजनिक भएको हो । 

इस्लामाबादमा भएको एक कार्यक्रममा उहाँले अफगानिस्तानले गुलामीको साङ्लो तोडेको तर संसारमा रहेको दासत्वको साङ्लो भने टुट्न नसकेको बताउनु भएको हो । उहाँको यो अभिव्यक्तिको चर्चित लेखक तसलिमा नसरीनले भने आलोचना गर्नु भएको छ । 

उहाँले भन्नु भएको छ – ‘प्रधानमन्त्री इमरान खान तालिबानलाई माया गर्नुहुन्छ, समर्थन गर्नुहुन्छ ।' उहाँले भन्नुभयो, 'अफगानिस्तानमा तालिबानले गुलामीको साङ्लो तोड्यो । के हुन्थ्यो होला, यदि इमरान खानको दुई छोराको साटो दुई छोरी भएको भए अनि उनीहरु बेलायतको साटो अफगानिस्तानमा बस्थे ?’

बङ्गलादेशमा जन्मिएकी तसलिमा नसरीनले अधिकारको क्षेत्रसहित साहित्यमा कलम चलाउँदै आउनु भएको छ । उहाँले अहिले निर्वासित जीवन बिताइरहनु भएको छ । समसामयिक विषयमा आउने तसलिमाले टिप्पणीले तरङ्ग ल्याइदिने गरेको छ । 

धेरैजसो समयमा उहाँको टिप्पणी विवादमा पर्ने गरेको छ । उहाँको पछिल्लो टिप्पणीमा पाकिस्तानले कुनै प्रतिक्रिया दिएको छैन । पश्चिमा राष्ट्रले  पाकिस्तानमाथि विद्रोहीको संरक्षण गर्दै आएको आरोप लगाउँदै आएको छ । 

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया