अफगानिस्तान यो हालतमा आइपुग्नुमा त्यहाँका नेता नै जिम्मेवार – बाइडेन

 भदौ १, २०७८ मंगलबार ८:२९:४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - अमेरिकी राष्ट्रपति जो बाइडेनले अफगानिस्तान तालिबानको कब्जामा आउनुमा अफगानिस्तानकै नेताहरु जिम्मेवार रहेका बताउनु भएको छ ।

राजधानी काबुललाई तालिबानले नियन्त्रणमा लिएपछि अफगानिस्तानका राष्ट्रपति अशरफ घानीसहितका नेताले देश छोडेर भागेका थिए । यसप्रति टिप्पणी गर्दै बाइडेनले अफगानिस्तानमा अहिलेको अवस्था आउनु नेताहरु नै जिम्मेवार रहेका बताउनु भएको हो । उहाँले अफगान सेनालाई उत्कृष्ट तालिम र हतियार दिएको तर उनीहरुले तालिबानसँग युद्ध गर्न नसकेको टिप्पणी गर्नु भएको छ ।

अमेरिकाले २० वर्षसम्म अफगानिस्तानमा रहेका आफ्ना सैनिक फर्काउन थालेपछि तालिबानले त्यहाँ कब्जा जमाएको हो । यही विषयलाई लिएर अहिले अमेरिकी राष्ट्रपति बाइडेनको आलोचना भइरहेको छ । आलोचनाकैबीच बाइडेनले आफ्नो बचाउ गर्नु भएको हो ।

उहाँले अफगानिस्तानलाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता भने जनाउनु भएको छ । 
 

अन्तिम अपडेट: भदौ २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया