अफगानिस्तानका राष्ट्रपति घानी यूएईको शरणमा

 भदौ ३, २०७८ बिहीबार ७:६:० | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै - अफगानिस्तानलाई तालिबानले नियन्त्रणमा लिए पछि देश छाडेका अफगानिस्तानका राष्ट्रपति अशरफ घानीलाई यूएईले शरण दिएको छ । यूएईको विदेश मन्त्रालयले मानवताको आधारमा राष्ट्रपति घानी र उहाँको परिवारलाई आफ्नो देशमा स्वागत गरेको जनाएको छ ।

अफगानिस्तानबाट भागेका घानी पहिले ताजिकिस्तान गएका भनिएको थियो । तर, समाचार संस्था अल जजिराले घानी र उहाँको परिवार तथा सेना प्रमुख र राष्ट्रिय सुरक्षा सल्लाहकार भागेर उज्वेकिस्तान गएको दाबी गरेको थियो ।

सङ्कटका बेला देश र नागरिकलाई छोडेर भागेको भन्दै उहाँको आलोचना पनि भइरहेको छ ।  पहिलो पटक सन् २०१४ मा अफगानिस्तानको राष्ट्रपति भएका घानीले दोस्रो पटक सन् २०१९ मा सत्ता सम्हाल्नु भएको थियो ।

यसैबीच, विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले अफगानिस्तानमा हजारौँ नागरिक विस्थापित भएका भन्दै चिन्ता व्यक्त गरेको छ । डब्ल्यूएचओले अफगानिस्तानमा तत्काल मानवीय सहायता र स्वास्थ्य सेवाको आवश्यकता रहेको पनि जनाएको छ।  

अन्तिम अपडेट: असोज ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया