अफगानिस्तानमा अमेरिकाको उद्धार अभियान समाप्त

 भदौ १५, २०७८ मंगलबार ६:५८:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - अमेरिकाले अफगानिस्तानबाट आफ्नो सेना बाहिरिएको बताएको छ। दुई दशक लामो युद्ध पछि अमेरिकी सेना अफगानिस्तानबाट बाहिरिएको हो।

तालिबानले अफगानिस्तानलाई कब्जामा लिए पछि त्यहाँबाट एक लाख २३ हजार नागरिकलाई उद्धार गर्न सफल भएको अमेरिकी सेनाले जनाएको छ ।

विद्रोही समूह तालिबानलाई परास्त गर्न भन्दै २० वर्ष अघि अमेरिकाले आफ्ना सेनालाई अफगानिस्तानमा खटाएको थियो । तर, राष्ट्रपतिमा जो बाइडेन आएसँगै अमेरिकाले आफ्ना सेना फिर्ता गर्ने घोषणा गरेको थियो । अमेरिकी सेनाले अफगानिस्तान छोड्न थालेसँगै तालिबान सक्रिय भएको थियो ।

ग्रामीण क्षेत्रमा मात्रै सीमित भएको तालिबानले त्यसपछि सहर केन्द्रित आक्रमण गर्न थाल्यो । गएको साउन ३१ गते तालिबानले राजधानी काबुललाई नियन्त्रणमा लिएपछि त्यहाँ फसेका आफ्ना नागरिक र सेनाको उद्धारका लागि अमेरिकाले आजसम्मको समय पाएको थियो ।

यसैबीच, अमेरिकाले काबुलमा भएको ड्रोन आक्रमणका बारेमा पनि अनुसन्धान भइरहेको जनाएको छ । विद्रोही समूह आईएसको रकेट आक्रमणलाई रोक्न अमेरिकाले ड्रोन आक्रमण गरेको थियो ।

यो आक्रमणमा बालबालिकासहित केही नागरिकको ज्यान गए पछि यसबारे अनुसन्धान थालिएको हो । अमेरिकी सेना बाहिरिएसँगै तालिबानले उत्सव मनाउन थालेको छ । अफगानिस्तानबाट बाहिरिएसँगै अफगानिस्तान, सिरिया, इराक र यमनमा विद्रोहीलाई परास्त गर्न अमेरिका सफल भएको विश्लेषण गरिएको छ ।

सन् १९४५ सम्म अमेरिकाले लगभग ठूला युद्ध जितेको थियो । तर, त्यस पछि कमै मात्र युद्धमा अमेरिकाले जित आफ्नो पक्षमा पारेको बीबीसीले जनाएको छ ।  

अन्तिम अपडेट: असोज ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया