अमेरिकाकाे न्यु याेर्क र न्यु जर्सीमा बाढी, आपत्काल घाेषणा

 भदौ १७, २०७८ बिहीबार १६:३८:५ | एजेन्सी
unn.prixa.net

तस्बिर : अलजजिरा

काठमाण्डौ – अमेरिकाको न्युयोर्क र न्युजर्सीमा आँधीपछि आएकाे बाढीका कारण कम्तीमा नौ जनाको ज्यान गएको स्थानीय सञ्चारमाध्यमले बताएका छन् । 

न्यु योर्क र न्यु जर्सीमा आपत्काल घोषणा गरिएको छ । न्यु योर्क सीटीका मेयर बिल डी ब्लासियोले यसलाई एक ऐतिहासिक मौसमी घटना बताउनुभएको छ । 

न्यु योर्कको चर्चित सेन्ट्रल पार्कमा मात्र एक घण्टाको अवधिमा तीन इन्ट आठ सेन्टिमिटर वर्षा भएको रेकर्ड राखिएको छ । 

आँधीपछि आएको बाढीका कारण भूमिगत रेल सेवा बन्द गरिएको छ र सडकमा सामान्य सवारी साधन चलाउन प्रतिबन्ध लगाइएको छ ।   

न्यु योर्क र न्यु जर्सीमा केही विमान र रेल सेवा स्थगित गरिएको बीबीसीले जनाएको छ । 

अमेरिका अचानक परिवर्तन भएको यस मौसमको कारण समुद्री आँधी 'इडा' भएको बताइएको छ ।   

न्यु योर्कको एनबीसी समाचार संस्थाले न्यु जर्सीमा कम्तीमा एक जनाको ज्यान गएको जनाएको छ । त्यस्तै न्यु योर्क सिटीमा सात जनाको ज्यान गएको एनबीसी र एएफपीले बताएका छन् । न्यु योर्कमा केही व्यक्ति घरको तल्लो तलामा फसेका बताइएको छ ।  

अन्तिम अपडेट: असार ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया