इथियोपिया : विद्रोही समूहमाथि सेनाको कारबाही तीव्र, ५ हजार बढी लडाकु मारिएको दाबी

 भदौ २०, २०७८ आइतबार ९:१३:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - इथियोपियामा विद्रोही समूह टिग्रेका साढे ५ हजारभन्दा धेरै लडाकु मारिएका सेनाले दाबी गरेको छ ।

भर्खरै गरेको कारबाहीमा मात्र ५ हजार ६ सय विद्रोही मारिएको इथियोपियाली सेनाले दाबी गरेको हो ।

गएको नोभेम्बरदेखि सेनाले विद्रोही समूह विरुद्ध कारबाहीलाई तीव्र पारेको छ । विद्रोही समूहले इथियोपियाको अमहारा र अफार क्षेत्र लगभग कब्जामा लिइसकेको अवस्थामा सेनाले उनीहरु विरुद्ध आक्रमण तीव्र पारेको हो ।

विद्रोही र इथियोपियाली सेनाबीच पछिल्लो समय भएको सङ्घर्षका कारण हजारौँ नागरिक सुडान पलायन भइसकेका छन् । 


 

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया