वासिङटनमा गोली चल्दा तीन जनाकाे ज्यान गयाे,  तीन घाइते

 भदौ २०, २०७८ आइतबार १४:३२:९ | एजेन्सी
unn.prixa.net

काठमाण्डौ – अमेरिकाकाे वासिङ्टन डीसीमा भएको गोली काण्डमा परि कम्तीमा तीन जनाको ज्यान गएको छ । घटनामा अन्य तीन जना घाइते समेत भएको त्यहाँको स्थानीय प्रहरीले जनाएको छ । 

लङफेलो स्ट्रिटको ६०० ब्लक, उत्तरपश्चिममा स्थानीय समय शनिवार बेलुका साढे सात बजेतिर गोली चलेको अमेरिकी प्रहरीले पुष्टि गरेको हो । घटनाका बारे प्रहरीले ट्विटरमार्फत विज्ञप्ति समेत जारी गरेकाे छ । 

डीसी प्रहरी विभागले ट्विटरमार्फत जारी विज्ञप्तिमा भनेको छ, ‘आक्रमणबाट तीन जनाको ज्यान गएको छ र तीन जना घाइते भएका छन् । उनीहरूको अवस्था सामान्य रहेको छ ।’

 

डीसी प्रहरी प्रमुख रबर्ट कोन्टेले सञ्चारकर्मीलाई दिएको जानकारीअनुसार, संदिग्धहरू एक्कासि गाडीबाट बाहिर निस्किए र शनिवार राति मानिसहरूको भीडमा अन्धाधुन्ध गोली हानेका प्रत्यक्षदर्शीको भनाइ तथा प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । 

ज्यान गुमाउने सबै वयस्कहरू हुन् । प्रहरी प्रमुखले गोली चलाउने समूहको बारेमा जानकारी ल्याउने जोसुकैलाई पनि ७५ हजार अमेरिकी डलरको इनामको घोषणा गरेको छ । 

अन्तिम अपडेट: भदौ ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया